'१३ दिनपछि रिहा भए ओली: ‘प्रतिशोधपूर्ण मुद्दा’ भन्दै अस्पतालमै उपचार जारी'

१३ दिनपछि रिहा भए ओली: ‘प्रतिशोधपूर्ण मुद्दा’ भन्दै अस्पतालमै उपचार जारी

काठमाडौँ । केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अझै अस्पतालमै रहने भएका छन्।

जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका अध्यक्ष ओली आज रिहा भएका हुन्। पक्राउ परेदेखि नै उनी अस्पतालमा उपचाररत रहेका थिए।

अध्यक्ष ओलीले सरकारले आफूविरुद्ध पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको आरोप लगाएका छन्। तर मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनले उल्लेख गरेका छन्।

सर्वोच्च अदालतको परमादेशअनुसार रिहा भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो पक्षमा आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्।

सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले उनलाई भक्तपुरको गुण्डुबाट चैत १४ गते नियन्त्रणमा लिएको थियो।

पढ्न छुटाउनु भयाे कि ?

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

काठमाडौँमा विशेष चेकिङ: लागुपदार्थ सेवन गरेका ६ चालक पक्राउ

थप अन्य समाचारहरू