'काठमाडौँमा विशेष चेकिङ: लागुपदार्थ सेवन गरेका ६ चालक पक्राउ'

काठमाडौँमा विशेष चेकिङ: लागुपदार्थ सेवन गरेका ६ चालक पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं. १५ स्थित वाफलको रिपुमर्दन पेट्रोल पम्प अगाडि आज गरिएको विशेष सवारी चेकिङका क्रममा लागुपदार्थ सेवन गरेका ६ जना चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा ३ जना सार्वजनिक भाडा बसका चालक र ३ जना भाडा माइक्रोबसका चालक रहेका छन्। नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो तथा ट्राफिक प्रहरी वृत्त स्वयम्भूको संयुक्त टोलीले उक्त कारबाही सञ्चालन गरेको हो।

जाँचका क्रममा चालकहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यस्ता विशेष चेकिङलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू