'बथनाहामा भीषण दुर्घटना: मोटरसाइकल ठोक्किँदा आगलागी, ३ विद्यार्थीको जलेर मृत्यु'

बथनाहामा भीषण दुर्घटना: मोटरसाइकल ठोक्किँदा आगलागी, ३ विद्यार्थीको जलेर मृत्यु

महोत्तरी, बर्दिबास। जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा गाउँमा आज बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भई ३ जना विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोक्किएपछि दुवैमा आगो लागेको थियो। आगलागी यति तीव्र थियो कि मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने नम्बर प्लेटसमेत चिनिन नसक्ने अवस्थामा पुगेको छ।

घटनामा थप ३ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन्।

मृतक तथा घाइतेको पहिचान हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक जानकारी अनुसार मृतकहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू