'जनकपुरको भानु चौकमा इलेक्ट्रोनिक पसलमा आगलागी'

जनकपुरको भानु चौकमा इलेक्ट्रोनिक पसलमा आगलागी

जनकपुर, चैत १४ (शनिबार) — धनुषाको जनकपुरधामस्थित भानु चौक तथा मिल्स एरिया केन्द्रमा रहेको एक इलेक्ट्रोनिक पसलमा आज अचानक आगलागी भएको छ।

सिद्धार्थ बैंकको भवन मुनि रहेको उक्त पसलबाट एक्कासि धुवाँको ठूलो मुस्लो निस्किएको देखिएपछि स्थानीयवासीहरू घटनास्थलमा भेला भएका थिए।

आगलागीको खबर पाएलगत्तै दमकल, प्रहरी तथा सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।

प्रारम्भिक जानकारी अनुसार आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा ठूलो भीड लागेको छ र सुरक्षाका लागि प्रहरीले क्षेत्र नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू