'बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीमाथि कारबाही, प्राधिकरणद्वारा जरिवाना र निलम्बन'

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीमाथि कारबाही, प्राधिकरणद्वारा जरिवाना र निलम्बन

काठमाडौं, चैत —

नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीमाथि कारबाही गरेको छ। प्राधिकरणले जारी गरेका निर्देशनहरू उल्लङ्घन गरेको पाइएपछि सम्बन्धित कम्पनीहरूलाई कानुनी कारबाही गरिएको हो।

कारबाहीमा पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेका छन्।

प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेलका अनुसार नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने तथा निर्देशन दिने प्रकारको कारबाही गरिएको छ। यस्तै, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई नियमविपरीत काम गरेको पाइएकाले तीन महिनाका लागि निलम्बन गरिएको छ।

अन्य बाँकी कम्पनीहरूलाई भने बीमा ऐन अनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

बीमा ऐन २०७९ को दफा १३८ (४) अनुसार प्राधिकरणको निर्देशन उल्लङ्घन गर्ने निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ। पहिलो पटक उल्लङ्घन गर्ने कम्पनीलाई २ लाख रुपैयाँ, दोस्रो पटक २५ लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी उल्लङ्घनमा प्रत्येक पटक ५० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

यसपटक भने पहिलो उल्लङ्घनको आधारमा न्यूनतम जरिवाना गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू