'बर्दिबासमा ब्राउन सुगरसहित चार जना पक्राउ, १५ लाखसम्म मूल्य पर्ने अनुमान'

बर्दिबासमा ब्राउन सुगरसहित चार जना पक्राउ, १५ लाखसम्म मूल्य पर्ने अनुमान

बर्दिबास, महोत्तरी। महोत्तरीको बर्दिबासमा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागूऔषध ब्राउन सुगर सहित चार जनालाई नियन्त्रणमा लिएको छ।

बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको बीपी राजमार्गमा विशेष सूचनाको आधारमा गरिएको सवारी चेकजाँचका क्रममा उक्त लागूऔषध बरामद गरिएको हो।

प्रहरीका अनुसार बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–०२–०१–००१ च ०४४१ नम्बरको स्कार्पियो गाडी लाई रोकी तलासी गर्दा ब्राउन सुगर फेला परेको हो।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सरोजकुमार अधिकारी तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बम को संयुक्त कमाण्डमा खटिएको टोलीले गएराति करिब १०:१५ बजे अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि चेकजाँच गरेको थियो।

तलासीका क्रममा गाडीमा सवार नुवाकोट सूर्यगढी गाउँपालिका–४ का ३१ वर्षीय अविरल परियार को दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा सेतो प्लास्टिकले बेरेर लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधलाई मान्यताप्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ७५ ग्राम र शुद्ध तौल ७१.०४ ग्राम रहेको पुष्टि भएको छ। उक्त ब्राउन सुगरको काठमाडौं बजार मूल्य करिब १३ देखि १५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ।

प्रहरीले गाडी चालक सिरहा मिर्चैया नगरपालिका–८ का २१ वर्षीय मुरलीकुमार राय सहित सोही स्थानका २४ वर्षीय रमण घिमिरे र १९ वर्षीय सुनिल पटेल लाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको प्रहरीले जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

१३ दिनपछि रिहा भए ओली: ‘प्रतिशोधपूर्ण मुद्दा’ भन्दै अस्पतालमै उपचार जारी

थप अन्य समाचारहरू