रास्वपा सचिवालय बैठक स्थगित, अब आइतबार बस्ने
३० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ।
समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, पार्टी विधान संशोधन लगायतका विषयमा छलफल गर्न शनिबार बैठक बोलाइएको थियो। तर पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक सारिएको हो।
अब रास्वपाको सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने तय भएको जनाइएको छ। बैठकमा समानुपातिकतर्फका उम्मेदवार चयन र विधान संशोधनसम्बन्धी विषयमा विस्तृत छलफल हुने बताइएको छ।