'सिंहदरबारमा आज शपथ समारोह, १८ नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पदभारमा'

सिंहदरबारमा आज शपथ समारोह, १८ नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पदभारमा

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ, १८ जना सांसदले दिउँसो २ बजे लिने पद तथा गोपनीयताको सपथ

काठमाडौं, २५ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुँदैछ। संसद् सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना गरिनेछ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

गत ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक–तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ।

संसद् सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहणमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ। साथै निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि साथमा ल्याउन पनि भनिएको छ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

यसपटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनेहरूमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाहीजस्ता अनुभवी राजनीतिक व्यक्तित्व पनि रहेका छन्। उनीहरू यसअघि प्रतिनिधिसभा सदस्य वा संविधानसभा सदस्य भएर काम गरिसकेका नेताहरू हुन्।

मधेश प्रदेशबाट ८३ वर्षीय महन्थ ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै लुम्बिनी प्रदेशबाट पूर्वसांसद रामकुमारी झाँक्री, कर्णालीबाट ललितजंग शाही तथा कोशी प्रदेशबाट सुनिलबहादुर थापा पनि राष्ट्रिय सभामा प्रवेश गरेका छन्।

यसैगरी विभिन्न प्रदेशबाट नेपाली कांग्रेस, नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू निर्वाचित भएका छन्।

नवनिर्वाचित सदस्यहरूको शपथसँगै राष्ट्रिय सभाको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु हुने छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू