'दोलखा ‘हाई अलर्ट’ मा: ९५ मध्ये ५२ अतिसंवेदनशील केन्द्र, संयुक्त सुरक्षा बेस र हेलिकप्टरबाट मतपेटिका ढुवानी'

दोलखा ‘हाई अलर्ट’ मा: ९५ मध्ये ५२ अतिसंवेदनशील केन्द्र, संयुक्त सुरक्षा बेस र हेलिकप्टरबाट मतपेटिका ढुवानी

दोलखा – देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्ला मानिएको दोलखामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। जिल्लाभर रहेका ९५ मतदान केन्द्रमध्ये ५२ अतिसंवेदनशील, २८ संवेदनशील र १५ सामान्य केन्द्रका रूपमा वर्गीकरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार विगतका निर्वाचनमा देखिएका चुनौतीलाई मध्यनजर गर्दै यसपटक एकीकृत सुरक्षा योजना लागू गरिएको छ। अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा गत एक महिनादेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती तथा सूक्ष्म निगरानी भइरहेको छ। केही स्थानमा संयुक्त सुरक्षा बेस स्थापना गरिएको छ भने बाहिरी घेरामा सीसी क्यामेरा जडान गरिएको छ।

यसअघि डीएसपीको नेतृत्वमा सुरक्षा कमान्ड रहने दोलखामा यसपटक एसएसपी सोमेन्द्र सिंह राठौर खटिएका छन्। जिल्ला प्रहरी प्रमुख मनोज कुमार लामाका अनुसार संभावित हिंसात्मक गतिविधि, बुथ कब्जा र अवाञ्छित घटना रोक्न मोबाइल गस्ती, जाँचबुझ र रात्रिकालीन निगरानी बढाइएको छ।

चर्चित बैतेश्वर क्षेत्रमा तीनवटै सुरक्षा निकायको छुट्टै बेस स्थापना गरिएको छ। २०७९ सालमा तामाकोसी र बैतेश्वरका चार केन्द्रमा विवाद भई पुनः मतदान गर्नुपरेको थियो। यसपटक त्यस्ता घटना दोहोरिन नदिन विशेष रणनीति अपनाइएको प्रशासनको भनाइ छ।

मतदातालाई ढुक्कसँग मतदानमा सहभागी गराउन सुरक्षाकर्मीले टोलटोलमा माइकिङ गर्दै आह्वान गरिरहेका छन्। अतिसंवेदनशील क्षेत्रका मतदातालाई घरदैलोमै पुगेर परामर्श दिने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

दुर्गम क्षेत्रका मतदान केन्द्रका मतपेटिका भने हेलिकप्टरमार्फत सदरमुकाम ल्याइनेछ। गौरीशंकर गाउँपालिका–९ र विगु गाउँपालिका–१ का मतपेटिका हवाईमार्गबाट ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। अन्य स्थानका मतपेटिका स्थलमार्गबाट ल्याएर गणना गरिनेछ।

प्रशासनले विगतका जस्ता झडप, बुथ कब्जा र विवाद दोहोरिन नदिन सुरक्षा रणनीति परिमार्जन गरेको बताउँदै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेको छ।

पढ्न छुटाउनु भयाे कि ?

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

थप अन्य समाचारहरू