राष्ट्रिय सुरक्षा परिषद्को कडा निर्देशन: निष्पक्ष र भयरहित मतदान सुनिश्चित
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित रूपमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कतामा राख्ने निर्णय गरेको छ।
Sushila Karki को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले देशभर पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको निष्कर्ष निकालेको छ। रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार निर्वाचन अवधिभर सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गरिनेछ।
बैठकमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय घटनाक्रमले पार्नसक्ने सम्भावित प्रभावबारे समीक्षा गर्दै भावी सुरक्षा रणनीतिबारे समेत छलफल गरिएको थियो।
बैठकमा Rameshwor Khanal, Om Prakash Aryal, Balananda Sharma, Rajendra Singh Bhandari, Suman Raj Aryal र Ashok Raj Sigdel सहभागी थिए।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने प्रतिबद्धता दोहोर्याएको छ।