'आकाश एसएमएस द्वारा एसएमएसबाटै मतगणनाको ‘लाइभ अपडेट’ सेवा सुरु'

आकाश एसएमएस द्वारा एसएमएसबाटै मतगणनाको ‘लाइभ अपडेट’ सेवा सुरु

काठमाडौं, १९ फागुन २०८२।

निर्वाचनको मतगणनाको नतिजा अब इन्टरनेट वा टेलिभिजनमा मात्र सीमित नहुने भएको छ। डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी आकाश एसएमएस ले सर्वसाधारणका लागि मोबाइल एसएमएसमार्फत मतगणनाको ‘लाइभ अपडेट’ प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा समाचार वेबसाइटहरूमा अत्यधिक ट्राफिक हुने, इन्टरनेट पहुँच नभएका स्थानमा सूचना पुग्न कठिन हुने तथा साधारण मोबाइल प्रयोगकर्तालाई सहज जानकारी उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

कसरी लिने सेवा?
मतगणनाको अपडेट लिन इच्छुक प्रयोगकर्ताले आफ्नो मोबाइलको मेसेज बक्समा गएर:
EC <स्पेस> जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गर्ने
उक्त सन्देश ३१००३ नम्बरमा पठाउने
उदाहरणका लागि: EC Kavrepalanchok 1 टाइप गरी ३१००३ मा पठाउँदा सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत प्राप्त हुनेछ।

कम्पनीका भाइस प्रेसिडेन्ट राजन कोइरालाले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक, स्मार्टफोन नप्रयोग गर्ने मतदाता तथा वेबसाइटको भिडभाडबाट बच्न चाहनेहरूका लागि यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यस सेवामार्फत प्रदान गरिने तथ्याङ्कहरू निर्वाचन आयोगको आधिकारिक स्रोतमा आधारित हुने भएकाले सूचनाको विश्वसनीयता सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू