तरलता व्यवस्थापनमा राष्ट्र बैंकको ठूलाे कदम : ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकका अनुसार ८८ दिने अवधिका लागि खिच्न लागिएको उक्त रकमको परिपक्व अवधि १० जेठ २०८३ मा रहनेछ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सम्पूर्ण रकमसम्म बोलकबोल प्रक्रियामार्फत निक्षेप जम्मा गर्न सक्नेछन्। सहभागी संस्थाले आफूले चाहेको ब्याजदर उल्लेख गरी आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
यो कदमले बजारमा रहेको अतिरिक्त तरलता नियन्त्रण गर्दै ब्याजदर स्थायित्वमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।