'नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा ‘व्यावसायिक हेल्प डेस्क’ सञ्चालन — व्यवसायीलाई कानुनी, सुरक्षा र कर सहजीकरण'

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा ‘व्यावसायिक हेल्प डेस्क’ सञ्चालन — व्यवसायीलाई कानुनी, सुरक्षा र कर सहजीकरण

काठमाडौं, २७ माघ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी तथा आभूषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा आवश्यक कानुनी, प्रशासनिक तथा सुरक्षासम्बन्धी सहयोग उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ।

महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा उक्त हेल्प डेस्कको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै एआईजी कार्कीले पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराधका घटना बढ्दै गएकाले सुनचाँदी व्यवसायीहरू थप सतर्क र सचेत रहनुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षा सचेतना र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको पनि बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले व्यवसायसँग सम्बन्धित समस्या समाधान, अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी विषयमा हेल्प डेस्क प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघका अध्यक्ष किसान सुनारका अनुसार हेल्प डेस्कमार्फत व्यवसायीहरूले कानुनी तथा लेखा परामर्श, नियामक व्यवस्थासम्बन्धी जानकारी, राजस्व तथा कर प्रणालीसम्बन्धी सहजीकरण तथा व्यवसायिक समस्या समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्। यस पहलले सुन, चाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउने अपेक्षा गरिएको छ।

महासंघका अनुसार व्यावसायिक सहायता कक्षमार्फत उपभोक्ता, व्यवसायी तथा कालीगढबीच मध्यस्थता, सुरक्षा निकायसँग समन्वय, व्यवसायिक सुरक्षा प्रवर्द्धन, राजस्व, कर, प्रशासन तथा भन्सारसम्बन्धी जानकारी, कानुनी सहायता तथा परामर्श, अनुगमन, अनुशासन तथा मूल्याङ्कनका साथै व्यवसायिक सचेतना, तालिम र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

महासंघले आगामी दिनहरूमा व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायिक सुधार तथा सुरक्षित व्यापारिक वातावरण निर्माणका लागि हेल्प डेस्कलाई निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड