'अस्वाभाविक मूल्यवृद्धिमा सरकारको कडाइ: उत्पादक–वितरकलाई तत्काल मूल्य समायोजन गर्न निर्देशन'

अस्वाभाविक मूल्यवृद्धिमा सरकारको कडाइ: उत्पादक–वितरकलाई तत्काल मूल्य समायोजन गर्न निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न उत्पादक, पैठारीकर्ता तथा वितरकलाई तत्काल मूल्य समायोजन गर्न निर्देशन दिएको छ।

बुधबार जारी प्रेस विज्ञप्तिअनुसार विभागले बजारमा अनावश्यक मूल्यवृद्धि रोक्दै प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न प्रमुख उत्पादक तथा वितरकलाई छलफलका लागि बोलाई अनुचित नाफा नलिन र उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गर्न आग्रह गरेको हो।

पछिल्लो समय खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि तथा आपूर्तिमा कमी आएको भन्दै उपभोक्ता तथा सञ्चारमाध्यमबाट आएका गुनासाप्रति विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न विभाग प्रतिबद्ध रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुको उत्पादन, वितरण तथा बिक्री गर्ने फर्महरूमा अन्य निकायसँग मिलेर संयुक्त अनुगमनसमेत भइरहेको जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू