'साम्राज्ञी मोक्तान बनिन् १८ औं मिस तामाङ'

साम्राज्ञी मोक्तान बनिन् १८ औं मिस तामाङ

१८ माघ, काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङको ताज पहिरिएकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् ।

विजेता साम्राज्ञी मोक्तानलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिराएकी थिइन् । उपाधिसँगै मोक्तानले नगद ५० हजार रुपैयाँ तथा विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गरेकी छिन् ।

मोक्तानले मुख्य उपाधिसँगै मिस कन्फिडेन्ट र भ्युअर चोइस टाइटलसमेत जित्न सफल भइन् । निर्णायक चरणमा ‘नेपाललाई सांस्कृतिक रूपमा विश्वमा चिनाउन के–के गर्नुहुन्छ ?’ भन्ने प्रश्नको प्रभावशाली उत्तर दिँदै उनले निर्णायकको मन जितेकी थिइन् ।

उत्तरमा उनले नेपाल विविधतायुक्त भए पनि एकताको प्रतीक देश भएको बताइन् । ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो । हाम्रो विविधताभित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई गर्व महसुस गराउँछ,’ उनले भनिन्, ‘सेलोको धड्कन र साकेलाको धुनले हामीलाई एक बनाएको छ । १२० भन्दा बढी भाषाहरू बिना कुनै अवरोध बोलिन्छन् । हाम्रो पहिरनको सुन्दरता र लालित्यले सांस्कृतिक महत्व बोकेको छ । यही विशेषतालाई विश्वसामु प्रस्तुत गरी नेपाललाई चिनाउन चाहन्छु ।’

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू