'दाबी त्रुटि बढेपछि स्वास्थ्य बीमा बोर्डको कडाइ, पुनरावलोकन समिति बनाउन निर्देशन'

दाबी त्रुटि बढेपछि स्वास्थ्य बीमा बोर्डको कडाइ, पुनरावलोकन समिति बनाउन निर्देशन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले तोकेको मापदण्डअनुसार आवश्यक कागजातसहित मात्र भुक्तानी दाबी प्रविष्ट गर्न आग्रह गरेको छ। जथाभावी र मापदण्ड विपरीत दाबी बढेपछि बोर्डले प्रत्येक स्वास्थ्य संस्थामा दाबी पुनरावलोकन गर्ने समिति गठन गर्न निर्देशन दिएको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बीमाबापत पेश हुने दाबी विवरणमा ठूलो मात्रामा त्रुटि देखिन थालेपछि दाबीको गुणस्तर सुधार गर्न यो व्यवस्था लागू गरिएको हो। “स्वास्थ्य संस्थाबाट आउने धेरै दाबीमा विवरणगत त्रुटि हुने गरेको छ,” उनले भने, “त्यसैले दाबी प्रविष्ट गर्नुअघि नै सम्बन्धित स्वास्थ्य संस्थाले आन्तरिक रूपमा पुनरावलोकन गर्ने समिति बनाउन आग्रह गरिएको हो।”

स्वास्थ्य बीमा रियल टाइम दाबीसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाउँदै अस्वीकृत हुने दाबीको दर घटाउने उद्देश्यले पुनरावलोकन समिति आवश्यक रहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार समितिले दाबीको रुजु तथा पुनरावलोकन गरेपछि मात्रै मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्नुपर्नेछ।

बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका दाबीको भुक्तानी नगर्ने स्पष्ट पारेको छ। सूचना अधिकारी मल्लका अनुसार बोर्डमा दैनिक करिब १० करोड रुपैयाँ बराबरको भुक्तानी दाबी स्वास्थ्य संस्थाहरूबाट पेस हुने गरेको छ।

हालसम्म स्वास्थ्य बीमाबापत करिब १२ अर्ब रुपैयाँ स्वास्थ्य संस्थालाई भुक्तानी गर्न बाँकी रहेको बोर्डले जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

थप अन्य समाचारहरू