'हेटौँडा औद्योगिक क्षेत्रमा भीषण आगलागी, साबुन उद्योगको गोदाम जलेर नष्ट'

हेटौँडा औद्योगिक क्षेत्रमा भीषण आगलागी, साबुन उद्योगको गोदाम जलेर नष्ट

११ माघ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गएराति भीषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन तथा कच्चा पदार्थ भण्डारण गरिएको गोदाममा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोले कुनै पनि सामग्री जोगाउन सकिएको छैन।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको भए पनि प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ। रातिको समयमा आगलागी भएकाले तत्काल नियन्त्रणको प्रयास हुँदाहुँदै पनि ठूलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले जानकारी दिए।

आगलागीको खबर पाउनासाथ हेटौँडा उपमहानगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू