'बैतडीमा हिमपातसहित वर्षा, किसानमा खुसी'

बैतडीमा हिमपातसहित वर्षा, किसानमा खुसी

१० माघ, बैतडी । बैतडी जिल्लामा हिमपातसहित वर्षा भएको छ। शुक्रबार रातिदेखि जिल्लाका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको हो।

खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझलगायतका क्षेत्रमा हिमपात भएको छ भने जिल्लाका अन्य स्थानमा पनि वर्षा भएको छ। असोज महिनादेखि वर्षा नहुँदा खडेरीको अवस्था सिर्जना भएको थियो तर शुक्रबार भएको वर्षाले किसानमा खुसीयाली छाएको छ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली प्रभावित हुँदै आएको थियो। चार महिनापछि वर्षा भएकाले गहुँ बाली सप्रिने बैतडीको पाटन–१० का स्थानीय दलबहादुर बिष्टले बताए। उनका अनुसार उच्च लेकाली भेगमा आलु खेतीका लागि पनि यो वर्षा लाभदायक हुने छ।

जिल्लामा २५ हजार ७ सय हेक्टर जमिनमा खेती हुँदै आएको छ। तीमध्ये १० हजार ९ सय हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ। अधिकांश जमिन आकाशे पानीको भरमा खेती गरिँदै आएको जनाइएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू