'सडक दुर्घटना गम्भीर जनस्वास्थ्य समस्या : ‘युनिभर्सल हेल्मेट ल’ तुरुन्त लागू गर्न मन्त्रीको जोड'

सडक दुर्घटना गम्भीर जनस्वास्थ्य समस्या : ‘युनिभर्सल हेल्मेट ल’ तुरुन्त लागू गर्न मन्त्रीको जोड

काठमाडौं।

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सिंहदरबारमा सडक सुरक्षा सम्बन्धी विज्ञहरू तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री गौतमले सडक दुर्घटनालाई नेपालका प्रमुख जनस्वास्थ्य समस्यामध्ये एकको रूपमा चित्रण गर्दै यसबाट विशेष गरी जेन्जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित भइरहेको बताउनुभयो ।

उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायहरूबीच प्रभावकारी समन्वय र नागरिक स्तरमा व्यापक सचेतना अनिवार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालमा हुने सडक दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये झण्डै आधा हिस्सा दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ताको रहेको छ । यस जोखिमलाई कम गर्न चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने ‘युनिभर्सल हेल्मेट ल’ तुरुन्त लागू गर्नुपर्नेमा सहभागी सबै सरोकारवालाहरूले जोड दिएका छन् ।

अन्तरक्रियामा सन् २०२१ को प्रतिवेदन उद्धृत गर्दै नेपालमा सडक दुर्घटनाबाट वार्षिक करिब ८,००० जनाले ज्यान गुमाउने तथ्य प्रस्तुत गरिएको थियो, जुन दक्षिण एसियाको औसतभन्दा झण्डै दोब्बर हो । सडक दुर्घटनाका कारण नेपालले वार्षिक करिब ३ अर्ब अमेरिकी डलर, अर्थात् कुल गार्हस्थ उत्पादन (GDP) को करिब ७ प्रतिशत बराबरको आर्थिक क्षति बेहोरिरहेको विज्ञहरूले जानकारी दिए ।

हाल सडक दुर्घटनाको दर वार्षिक ५.४ प्रतिशतले बढिरहेको सन्दर्भमा सन् २०३० सम्म मृत्युदर आधा घटाउने राष्ट्रिय लक्ष्य निकै चुनौतीपूर्ण देखिएको सहभागीहरूको निष्कर्ष रहेको छ । यद्यपि, GDP को ०.४ प्रतिशत मात्र सडक सुरक्षामा लगानी गर्न सके वर्षेनी करिब ३,००० जनाको जीवन जोगाउन सकिने विज्ञहरूको सुझाव रहेको छ ।

कार्यक्रमले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नीति, कानुन र व्यवहारमा तत्काल सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू