'दसैंका लागि सुकिला नोट भदौ २९ गतेदेखि साट्न पाइने'

दसैंका लागि सुकिला नोट भदौ २९ गतेदेखि साट्न पाइने

काठमाडौं, १५ भदौ ।

आसन्न विजया दशमी पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट (नयाँ नोट) साट्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित विभागीय कार्यालयसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेश कार्यालयहरूमा सुकिला नोट साट्न सकिनेछ।

त्यसैगरी, इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत पनि सर्वसाधारण तथा संघ–संस्थाले कारोबारको समयमा नोट साट्न सक्ने व्यवस्था मिलाइएको छ।

यस वर्ष घटस्थापना असोज ६ गते, फूलपाती १३ गते र विजयादशमी १६ गते परेको छ। दशैं पर्व घटस्थापनादेखि नै सुरु हुने परम्परा रहेको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू