'सुनचाँदी व्यवसायी संघ सर्लाहीको सरकारलाई चेतावनी : कर आतंक बन्द गर्न माग, पसल बन्द गर्ने घोषणा'

सुनचाँदी व्यवसायी संघ सर्लाहीको सरकारलाई चेतावनी : कर आतंक बन्द गर्न माग, पसल बन्द गर्ने घोषणा

सर्लाही, साउन ९

नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लागू गरेको कर प्रणालीविरुद्ध सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। सलाही सुनचाँदी व्यवसायी संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य तत्काल बन्द नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो।

संघका अध्यक्ष निरञ्जन कुमार साहले हस्ताक्षर गरेको विज्ञप्तिमा कर असुलीका नाममा राजस्व विभागले बजारमै व्यवसायीलाई आतंकित बनाएको र यसले व्यवसायी तथा मजदुरहरूलाई असहज बनाएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका कार्यहरूले व्यवसायमा मात्र होइन, श्रमिक वर्गमा पनि अनावश्यक दुःख र क्षति पुगेको छ। तत्काल यस्तो कार्य रोक्न नेपाल सरकारलाई जोडदार माग गर्दछौं।”

पसल बन्दको कार्यक्रम

सर्लाही जिल्लाभरका सम्पूर्ण सुनचाँदी पसलहरू पहिलो चरणमा बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै दोस्रो चरणमा सम्पूर्ण सुनचाँदी पसल अनिश्चितकालीन रूपमा बन्द गर्ने चेतावनी समेत दिइएको छ।

चाडपर्वमा कर आतंक

संघका अनुसार निकट भविष्यमा हुने चाडपर्वलाई लक्षित गरी राजस्व विभागले गरिरहेको अनुगमन र गतिविधिले बजार असहज बनेको छ। “विभिन्न बहानामा व्यवसायीलाई दुःख दिइएको छ, जुन व्यवसायीमाथि गरिएको प्रत्यक्ष अन्याय हो,” विज्ञप्तिमा उल्लेख छ।

समाधानको आग्रह

संघले सरकारसँग वार्ता र संवादमार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ। साथै, व्यवसायमैत्री नीति बनाउन, अनावश्यक कर आतंक बन्द गर्न र व्यवसाय तथा श्रमिकलाई सुरक्षित राख्न माग गरेको छ।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

थप अन्य समाचारहरू