'नेपालको खाद्य प्रयोगशालाले ८१४ सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता'

नेपालको खाद्य प्रयोगशालाले ८१४ सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता

१९ साउन, काठमाडौं।

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऐतिहासिक सफलता हात पार्दै अन्तर्राष्ट्रिय स्तरमा ठूलो उपलब्धि हासिल गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला ले आईएसओ/आईईसी १७०२५:२०१७ मापदण्ड अनुसार ८१४ परीक्षण सूचकांकमा भारतीय प्रत्यायन बोर्ड (NABL) बाट अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) प्राप्त गरेको हो।

यसअघि विभागले ३८६ सूचकांकमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अहिले त्यो संख्या दोब्बर भन्दा बढी वृद्धि गरी ८१४ मा पुर्‍याउन सफल भएको छ। विभागका अनुसार, अब नेपालमै परीक्षण भई प्रमाणित भएका २२ खाद्य समूह अन्तर्गतका ८१४ खाद्य वस्तुहरू भारत मात्र नभई अन्य विभिन्न देशहरूमा पनि विनाअवरोध निर्यात गर्न सकिनेछ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जन का अनुसार, यो उपलब्धिले राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला लाई नेपालकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने सरकारी प्रयोगशालाका रूपमा स्थापित गराएको छ।

यससँगै, भारत सरकार अन्तर्गतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI) ले पनि विभागबाट जारी हुने परीक्षण तथा खाद्य गुणस्तर प्रमाणपत्रहरूलाई औपचारिक मान्यता प्रदान गरेको छ। प्रारम्भिक चरणमा भारतले जुस, जाम, जेली, अचार, मिठाई, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूल गरी ८ प्रकारका नेपाली खाद्य वस्तुहरूलाई मान्यता दिने निर्णय गरिसकेको छ।

एनएबीएल र एफएसएसएआईको संयुक्त एकीकृत प्रयोगशाला मूल्यांकनपछि विभागले ६८० परीक्षण सूचकांकमा एकीकृत प्रत्यायन प्रमाणपत्र पनि प्राप्त गरेको छ। विभागले विश्वास लिएको छ कि यसबाट नेपाली खाद्य तथा कृषिजन्य वस्तुको भारत निर्यात प्रक्रिया थप सहज हुने छ।

विभागका अनुसार, सन् २०१२ मा २७ रासायनिक परीक्षण सूचकांकबाट सुरु भएको प्रत्यायन प्रक्रिया क्रमशः विस्तार हुँदै गएको हो। सन् २०२३ मा २८६ सूचकांक र हाल २०२५ मा कुल ८१४ (६७२ रासायनिक र १४२ सूक्ष्मजीवसम्बन्धी) सूचकांकसम्म प्रत्यायन विस्तार गरिएको छ।

अझै पनि विभागले खाद्यमा प्रयोग गरिने विषादी अवशेष, कृत्रिम गुलियो पदार्थ, खाद्य रङ, भिटामिन, धातु, विषालु धातु, अफ्लाटक्सिन लगायत १२३ नयाँ परीक्षण सूचकांकमा प्रत्यायन विस्तार गरिरहेको छ।

त्यस्तै, विराटनगरस्थित क्षेत्रीय खाद्य प्रयोगशालाले पनि यस वर्ष ४६ परीक्षण सूचकांकमा प्रत्यायनका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी प्रवक्ता महर्जनले दिएका छन्।

यस ऐतिहासिक उपलब्धिले नेपाली खाद्य निर्यातको ढोका अन्तर्राष्ट्रिय बजारमा थप फराकिलो बनाउने विश्वास गरिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड